तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश: अर्थमन्त्रीद्वारा प्रदेश सभामा विनियोजन विधेयक पेश

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले मधेश प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता सम्बन्धी कार्यक्रम पेश गर्नुभएको छ ।

विधेयकमा सक्षम, सबल र सुदृढ मधेश प्रदेशको नीति लिएर आगामी आर्थिक वर्ष २०८०–८१ वर्षको बजेट ल्याउने अर्थमन्त्री यादवले जानकारी दिनुभयो ।

अर्थमन्त्री यादवले मधेशको समृद्धि र विकासका लागि कृषि, पूर्वाधारको निर्माण, सुशासन तथा आर्थिक अनुशासनमा जोड दिने जानकारी दिनुभयो । उहाँले मधेश प्रदेशमा विगतका वर्षहरुमा विकास बजेट निकै न्यून खर्च भएको जानकारी दिँदै आगामी वर्षमा विकासलाई तीव्रता दिने नीति लिइएको बताउनुभयो ।

अर्थमन्त्री यादवले मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेको मधेश प्रदेशको शिक्षा, स्वास्थ्य तथा भौतिक विकासमा जोड दिनुका साथै पर्यटन क्षेत्रको विकासमा जोड दिने बताउनुभयो ।

आजको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पेश गर्नुभएको मधेश प्रदेशका केही ऐन संशोधन गर्नका लागि बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button