तपाईँ सुन्दै हुनुहुन्छः

गंगादशहरा मेला सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिर (धाम) मा आजदेखि गंगादशहरा मेला सुरु भएको छ । गंगादशहरा मेला भर्न बेहडाबाबा मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । 

प्राचिनकालिन मन्दिर रहेको बेहडाबाबा धाममा प्रत्येक बर्ष जेठ शुक्ल पक्ष देखि गंगादशहरा मेला लाग्दै आएको छ । पाँच दिन सम्म लाग्ने गंगादशहरा मेला भर्न कैलाली, कञ्चनपुर, बर्दियासँगै छिमेकी मुलुक भारतबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

गंगादशहरा मेला भर्न आउने कतिपय भक्तजन पैदल यात्रामै बेहडाबाबामा पुग्ने गरेका देखिन्छन् । बेहडाबाबाको दर्शन गर्नाले  सन्तान प्राप्ति, सुखशान्ति, मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । मेलालाई व्यवस्थित बनाउने काम बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले गर्दै आएको छ । बेहडाबाबा धार्मिक आस्था एवं पर्यटन क्षेत्रका रुपमा प्रख्यात रहेको छ । यसैबीच गंगादशहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button