तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गाले लागेर बालिकाको मृत्यु

बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।

शनिबार करिब १० बजे दुदिलाभाटीमा डिल बहादुर भण्डारीको ७ वर्षीया छोरी आरोहीको केहीमाथि काम गरिरहेको जेसिबीबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको हो ।

जेसिबीले फोडिरहेको ढुङ्गा उछिट्टिएर झण्डै १ सय मिटर तल पुग्दा बाटोमा हिँडिरहेकी बालिकालाई लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

बा १ क ४९०९ नम्बरका जेसिबी चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका सुजन माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button