तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवका अवसरमा आज बिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौँको भद्रकालीबाट सुरु भएको प्रभातफेरी र्‍याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्त्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्‍याउनुभएकाले त्यसका लागि सम्बद्ध सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिले फड्को मारेको छ । जुन रूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यही रूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुपर्‍यो, बीमा सेवा उपलब्ध गराउनुपर्‍यो र सेवा दिगो हुनुपर्यो । कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नु¥यो, सीमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्‍यो ।”

अध्यक्ष सिलवालले आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरूलगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।

प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button