तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरमा चलचित्र महोत्सव सुरु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा चलचित्र महोत्सव सुरु भएको छ ।

नेपाल युरोपियन युनियनले सुदूरपश्चिम विश्वविद्यालयको समन्वयमा शुक्रबारदेखि भीमदत्त नगरपालिका १८ सालघारी स्थित विश्वविद्यालयकै हलमा चलचित्र महोत्सव सुरु गरेको हो ।

‘सबैका लागि मानव अधिकार’ भन्ने मूल नाराका साथ महेन्द्रनगरमा पहिलो पटक चलचित्र महोत्सव आयोजना गरिएको हो । तीन दिनसम्म जारी रहने महोत्सवमा युरोपियन र नेपाली मानव अधिकारसँग सम्बन्धित चलचित्र प्रदर्शन भइरहेको छ ।

नेपालका लागि युरोपियन उपराजदूत डा. जोयलले मानव अधिकार विषयका ८ वटा लघु नेपाली चलचित्र र ८ वटा युरोपेली चलचित्र गरी १६ वटा चलचित्र प्रदर्शनी गरिरहेको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सबै चलचित्र निःशुल्क हेर्न सकिने व्यवस्था छ । मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म चलचित्र प्रदर्शनको समय निर्धारण गरिएको छ । सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कञ्चनपुरमा चलचित्र प्रदर्शनपछि कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत र बागमती प्रदेशको काठमाडौँमा पनि आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button