तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा खुल्ला राष्ट्रिय सारङ्गी वादन प्रतियोगिता हुने

कास्की । पोखरामा सारङ्गी वादन प्रतियोगिता हुने भएको छ ।

आगामी १५ र १६ गते देशका विभिन्न ठाउँबाट प्रतियोगितामा भाग लिन प्रतियोगिता पोखरा आउन लागेको झलकमान गन्धर्व सारङ्गी प्रतियोगिता समितिले पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । लोप हुँदै गएको सारङ्गीलाई संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सूर्य गायकले बताउनुभयो ।

झलकमान गन्धर्वको ८८ औँ जन्म जयन्तीको अवसर पारेर गन्धर्व सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । समाजका गीतसङ्गीत, मङ्गल, माहल, बाह्रमासे गीतहरू, तरबारे नाच, डाँफे चरी, कर्खा जस्ता गीतहरूको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजारको साथमा प्रमाणपत्र ट्रफी प्राप्त गर्ने नेपाल गन्धर्व समुदाय विकास केन्द्रका पूर्व अध्यक्ष बलराम गायकले बताउनुभयो ।

कार्यक्रममा सारङ्गी बचाउन राष्ट्रिय सम्मेलन समेत हुने भएको छ । झलकमान गन्धर्वका ‘हे वरै आमाले सोध्लिन्’, ‘वाला जोबन’, ‘तानसेन घमाइलो’ लगायतका गीत चर्चित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button