तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार विकास लगायतका विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण    

काठमाडौँ । प्रतिनिधिसभाको सांसदहरुले जनसरोकारका विषयहरू सडक तथा भौतिक पूर्वाधारको विकास, ऊर्जा सिँचाइ र बजेट तथा विकास खर्चबारे सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको विशेष समयमा सांसदहरुले आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रवृत्तिको अन्त्यका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले सरकार गठन भएको १०० दिन पुरा हुँदा समेत सरकारले पूर्णता पाउन नसकेको, संसद्को पनि १०० दिनेको कामको समीक्षा गर्नुपर्ने, बन्चरेडाडामा अव्यवस्थित रुपमा फोहोर फल्न थलिएकाले संसदीय टोली अनुगमनमा जानु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले नागरिकलाई सहज रुपमा आधाभुत शिक्षा दिने, सरकारी सरकारी विद्यालयमा शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार, अनुशासन जस्ता कुरामा समयमा नै ध्यान दिन र समयमा नै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विभिन्न राजमार्ग निर्माणको काम समयमा सम्पन्न हुन नसक्दा करोडौँ रकम खेर गइरहेको, पर्यटन विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने, आर्थिक सङ्कटका कारण व्यापारिक तथा व्यवसायी चर्को ब्याजदरका मारमा पर्नु परिरहेको लगायतका विषयमा सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले निजामती ऐन, संघीय शिक्षा ऐन, नागरिकता लगायतका ऐनहरु चाँडोभन्दा चाँडो बनाउनु पर्ने, कृषिमा आत्मनिर्भर हुने गरी कृषि उत्पादन र उत्पादकत्व बढाउने तर्फ सरकारले ध्यान दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button