तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव राउतलाई रेडियो नेपालमा स्वागत 

काठमाडौँ । रेडियो नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हालै पदस्थापना हुनुभएका सचिव कृष्ण बहादुर राउतलाई आज स्वागत गरेको छ । 

रेडियो नेपालको सञ्चालक समितिको आज बसेको बैठकले रेडियो प्रसार सेवा विकास समितिको गठन आदेश, २०४१ को दफा २ क को उपदफा २ खण्ड (क) बमोजिम सञ्चालक समितिको अध्यक्षका रुपमा सचिव राउतलाई स्वागत गरेको हो । 

त्यस्तै, सञ्चालक समितिको आजको बैठकले यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिको अध्यक्षका रुपमा रही पुर्‍याउनुभएको योगदानको लागि डा.बैकुण्ठ अर्यालप्रति आभारसहित धन्यवाद समेत व्यक्त गरिएको रेडियो नेपाल सञ्चालक समितिका सदस्य सचिव समेत रहनुभएका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।

सो बैठकमा मन्त्रालयमा हालै पदस्थापना हुनुभएका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष राउत, सञ्चालक समितिका सदस्य सिताराम पोखरेल लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button