तपाईँ सुन्दै हुनुहुन्छः

गिरिजा प्रसाद कोइराला मेमोरियल नकआउट फुटबल सुरु

वीरगञ्ज । गिरिजा प्रसाद कोइराला मेमोरियल नकआउट फुटबल प्रतियोगिता वीरगञ्जमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर २ का सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गिरिजा प्रसाद कोइराला शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने युगपुरुष भएको बताउनुभयो ।

उद्घाटन समारोहमा संविधान सभा सदस्य शोभाकर पराजुली, कांग्रेस पर्साका उपसभापति द्वय राम नारायण कुर्मी, अशोक गुप्ता लगायतका वक्ताहरूले प्रतियोगिता सफलताको कामना गर्नुभयो । उद्घाटन सत्र जिपी फाउन्डेसन मधेश प्रदेश संयोजक महमद सहाबुद्दिनको अध्यक्षतामा भएको थियो ।

आजको उद्घाटन खेल सिरहा र महोत्तरीबिच सम्पन्न भएको छ । आजको खेलमा सिरहा महोत्तरीलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पर्सा र सर्लाहीबिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मधेश प्रदेशमा ८ जिल्लाका टोलीहरूको सहभागिता रहेको फाउन्डेसनका पर्सा अध्यक्ष धिरज गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button