तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको केन्द्रिय सचिवालयको ५३ औँ बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । 

साथै बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने र घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टीका सबै केन्द्रिय उपाध्यक्षहरूलाई सचिवालयमा समावेश गर्ने निर्णय समेत गरेको उपमहासचिव तुलाधरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button