तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु

तनहुँ । गण्डकी प्रदेश र तनहुँको आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ ।

प्रदेश सरकारको एक करोड ४० लाख र गाउँपालिकाको ६० लाख रुपैयाँ बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button