नेपाल शिक्षक सङ्घको जिल्ला अधिवेशन सुरु
सुनसरी । नेपाल शिक्षक संघ सुनसरीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ ।
शनिवार अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले शिक्षकको हक, हित र अधिकारको पक्षमा वकालत गर्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा जोड दिँदै पेशागत हितमा लाग्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् जिल्ला समन्वय समिति महासङ्घका केन्द्रिय अध्यक्ष राजन मेहताले शिक्षा विषयमा अध्ययन गरेका प्रथम श्रेणी र सोभन्दा माथिको स्तर प्राप्त गर्ने व्यक्तिहरूलाई स्वतः शिक्षकमा नियुक्ति दिने प्रथा ल्याउनुपर्ने र थप सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल शिक्षक संघका अध्यक्ष बेनु सिग्देलको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन सत्रमा शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष निर्मला कोइराला, संघीय शिक्षक संघका सुनसरी अध्यक्ष सुमन मेहता, राहत शिक्षक संघका विजय चौधरी, शिक्षक संघका इन्द्रमोहन झा, कृष्णराज विष्ट, रामसागर मेहता, रामानन्द मण्डल, कोशी उपाध्यक्ष गंगा ढुङ्गाना लगायतले शिक्षकले निजामती सरह सुविधा प्राप्त गर्न नसकेकोले सबै जना एक जुट भएर समान सुविधाका लागि दबाब दिन आवश्यक रहेको जोड दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्