तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशको मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण सार्वजनिक   

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । 

शर्माको सम्पत्ति विवरण आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक भएको हो ।

मुख्यमन्त्री शर्माले अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नामा दाङको लमही नगरपालिका १ मा ३ हजार ५ सय ७२ दशमलव ९१ वर्ग मिटर जग्गा रहेको उल्लेख गर्नुभएको छ । सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । 

यस्तै रुकुमको चौरजहारी नगरपालिका १४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुम पश्चिमकै वडा नम्बर २ मा २१ सय २० वर्ग मिटर आफ्नो नाममा रहेको उल्लेख गर्नुभएको छ । यसको स्रोत पैतृक र कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ ।  

यस्तै, मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैङ्क लिमिटेडमा ५ लाख नगद र अन्दाजी दुई तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख छ । 

यस्तै लमही नगरपालिका १ दाङमा कृषि तथा पशुधनमा अन्दाजी तीस लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button