कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेश सरकारले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
शुक्रवारबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको हो ।
आफ्नै प्रयोगशाला नहुँदा विगतमा सामान्य खालका रोगहरूको नमूना परीक्षण गर्न पनि अन्य प्रदेशको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ ।
जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री टेकराज पछाइले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपकरणयुक्त र गुणस्तरीय बनाइने बताउनुभयो । प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै मन्त्री पछाइले प्रयोगशालालाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।
प्रयोगशालाबाट सर्ने र नसर्ने रोग, सङ्क्रामक रोगको नमूना परीक्षणका साथै निन्दात्मक र अनुसन्धानमूलक सेवा प्रदान गरिने जनाइएको छ ।
प्रयोगशालाबाट दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई विश्वसनीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्