तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले मिसन ग्रासरुट’ अभियानकै रूपमा सञ्चालन गर्ने 

बाजुरा । नेकपा एमाले बाजुरा ‘मिसन ग्रासरुट’ अभियानमा जुटेको छ । 

उक्त अभियान अन्तरगत नेकपा एमाले बाजुराले मार्तडीमा बुधवारदेखि दुई दिने जिल्ला स्तरीय अभिमुखीकरण आयोजना गरेको छ  । 

मिसन ग्रासरुट अभियानले  केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको सङ्गठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले जनाकारी दिनुभयो । 

दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले देशमा स–साना दलको स्वार्थी समूह हाबी हुँदा देश अस्थिरतातर्फ गएको उल्लेख गर्नुहुँदै राजनीतिक अस्थिरताकै कारण देशमा राजनीतिक तथा आर्थिक सङ्कट आएको बताउनुभयो । 

राष्ट्रिय हितका लागि स्थिर सरकार आवश्यक उल्लेख गर्नुहुँदै उहाँले नेकपा एमाले र नेपाली काँग्रेस मिलर विकास र समृद्धिका लागि स्थिर सरकार बनाउनुपर्ने बताउनुभयो ।

पार्टी पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य यज्ञ बोगटी, गोविन्दवर कुँवर, आयोग सदस्य वसुन्धरा रोकाया, प्रदेश कमिटीका नेताहरू हिरेन्द्र भट्टराई, लालबहादुर ओली, गगन रावलसहितको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको पार्टी सचिव भरत थापाले जानकारी दिनुभयो। 

पार्टी जिल्ला कमिटीका नेताहरू, गाउँ तथा नगर कमिटीका पदाधिकारी, पार्टी जनसङ्गठनका सबै पदाधिकारी अभियानमा खटिने छन् ।   बस्ती स्तरमा गरिने अभियानका लागि श्रोत व्यक्तिका रूपमा  अगुवा नेता कार्यकर्तालाई अभियानको उद्देश्य र औचित्यबारे प्रशिक्षण दिइने एमालेले जनाएको छ । 

नेकपा एमालेले दुई महिना पार्टी कार्यकर्तालाई सबै वडा टोल, बस्ती र पालिकासम्म पुग्ने र सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सफल पार्न निर्देशन दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button