तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक भैँसी पालन गरेर मनग्य आमदानी

बर्दिया । बर्दिया– पछिल्लो अवस्थामा बर्दियाका अधिकाशं युवा रोजगारकालागि हातमा पासपोर्ट लिएर विश्वका विभिन्न देश पुग्ने गरेका छन् । कतीपय हातमा शीप हुदाहुदै बिदेशीन बाध्य छन् भने कतीपय शिपको कमी र शिक्षाको अभावले अकार्को देशमा कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहँदै आएको छ । बर्दियामा भने पछिल्लो केही बर्ष यता बारबर्दिया नगरपालीका वडा नं. ३ झण्डीपुरका महीला तथा पुरुषहरु व्यावसायिक भैँसी पालन गरेर दूध उत्पादन गर्दै मनग्य आमदानी गर्दै आएका छन् ।

ग्रामीण भेगमा सडकको विस्तारसँगै किसानले उत्पादन गरेका सामान बजार पु–याउन सहज बनेसँगै यहाँका युवा व्यावसायिक पशुपालनमा हौसिएका हुन् ।

यहाँका युवाहरूले बारबर्दिया नगरपालिकाको समन्वय र सहयोगमा डि सी एको ५ लाख ५० हजार बराबरको आर्थिक सहयोग र थारु महिला उत्थानको प्राविधिक तथा सहज करणमा २९ जनाको समूह बनाइ जुनेली दुग्ध उत्पादक कृषक समूह स्थापना गरी भैँसी पालन गरी आमदानी गदै आएका छन् । हाल समूहमा ३१ जना आबद्ध रहेका छन् ।

व्यावसायिक पशुपालन सँगै यस क्षेत्रका कृषकलाई आर्थिक रूपमा मजबुद बन्न थालेका छन् । केही समय पहिला पैसाको आवश्यकता परे साहुकोमा हात थप्नुपर्ने अवस्थामा हुन्थ्यौ तर अहिले बाध्यता नरहेको स्थानीय राम जानकी थारुले बताउनु भयाे । उहाँले खुसी हुँदै अब दूध बेच्न टाढा जानु नपर्ने बताउनु भयो ।

गाउँ गाउँमा स्थापना भएका सहकारी संस्थाले दूध सङ्कलन केन्द्र सञ्चालन गरेपछि कृषकलाई राहत मिलेको जुनेली दुग्ध उत्पादक कृषक समूहकी अध्यक्ष बिन्दु थारुले बताउनु भयो ।
दूध बिक्रीबाट मनग्य आम्दानी हुन्छ भन्ने कल्पनासम्म नगरेकाेमा दैनिक २ लिटर सय भन्दा बढी दुग्ध सङ्कलन भइरहेको र बजारीकरण गर्न सजिलो भइरहेको संस्थाका दुग्ध सङ्कलक राजेश चौधरीले बताउनु भयो ।

किसान उन्नत जातका पशुपालनमा आकर्षित भएकाे उहाँले बताउनुभयाे । दुध बिक्रीबाट आमदानी पनि हुने र मलको लागी भौँतारिनुपर्ने बाध्यता केही भएपनी कम भएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा थारुले बताउनु भयो । व्यवसायलाई व्यवस्थित बनाउन राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button