तपाईँ सुन्दै हुनुहुन्छः

कावासोतीमा नवलपुर महोत्सव हुँदै

नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा सातौँ नवलपुर महोत्सव हुने भएको छ ।

भोलिबाट सुरु हुन लागेको महोत्सव १३ गतेसम्म सञ्चालन हुनेछ । कावासोती आठस्थित टुबोर्ग खेल मैदानमा महोत्सव हुँदैछ । महोत्सवको सबै तयारी पुरा भएको छ ।

स्थानीय उत्पादन, जातीय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रवर्द्धन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो ।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसपालिको महोत्सवलाई नयाँ, फरकपन र संस्कृतिसँग जोड्न रत्यौली प्रतियोगिताको आयोजना समेत गरिएको छ । रत्यौली प्रतियोगिता महोत्सवको आकर्षण हुने आयोजकको भनाई छ । रत्यौली प्रतियोगिताले सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ ।

यस्तै, महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निःशुल्क रहने भएकाले अहिलेको व्यावसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सव भन्दा फरक हुने अध्यक्ष अर्यालले बताउनुभयो ।

महोत्सवको करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा १ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button