तपाईँ सुन्दै हुनुहुन्छः

सिरियामाथि लगाइएका सबै एकपक्षीय प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई सिरियामाथि लगाइएका सबै गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू तत्काल हटाउन र मानवीय प्रकोप सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाले हालै सिरियालाई जारी प्रतिबन्धका बाबजुद छ महिनालाई प्रतिबन्ध खुकुलो बनाउने जनाएको छ । प्रवक्ताले अस्थायी राहतको राजनीतिक प्रदर्शन गर्नुको सट्टा अमेरिकी सरकारले सिरियामाथिको एकपक्षीय प्रतिबन्ध पूर्णरूपमा तुरुन्तै हटाउनुपर्ने बताउनु भएको हो ।  

प्रवक्ता वाङले सिरियामा लगातार सैन्य हस्तक्षेप र गैरकानुनी एकतर्फी प्रतिबन्ध लगाएको र यसले सिरियाको अर्थतन्त्र र जनताको जीविकोपार्जनमा गम्भीर सङ्कट थपेको भन्दै प्रकोपसँग जुध्ने क्षमतालाई निकै कमजोर बनाएको पनि वाङले जनाउनुभएको छ । 

उहाँका अनुसार भूकम्पपछि अमेरिकी पक्षले लगाएको एकतर्फी प्रतिबन्धले सिरियामा पहिलो ७२ घण्टामा उद्धार कार्यमा बाधा पु¥याएको थियो ।  

“हामी अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन र जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्न बन्द गर्न आग्रह गर्दछौँ,” वाङले भन्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button