तपाईँ सुन्दै हुनुहुन्छः

एनसिसी क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित एनसिसी क्याम्पसमा नेपाली काँग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  निर्वाचन मिति घोषणा गरेसँगै काँग्रेसनिकट नेविसङ्घबीच विवाद बढेको हो । नेविसङ्घभित्र संस्थापन इतर पक्षका विद्यार्थीबीच बैठक बसिरहेको बेलामा संस्थापन पक्षका विद्यार्थीले बैठक बिथोल्न खोजेपछि दुई पक्षबीच विवाद बढेको हो ।

विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । “ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न एकाइबाट प्रहरी टोली खटाएका छौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय नेविसङ्घभित्र दुई समूहबीच विवाद बढ्दा जिल्ला र क्याम्पसमा समानान्तर समिति गठन हुन थालेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button