नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आजका लागि बोलाइएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण भोलिलाई सारिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि छलफलका लागि समय अभाव रहेको भन्दै बैठक आजका लागि सारिएको थियो ।
स्थायी कमिटी बैठकमा पार्टी एकता, नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने एजेण्डा थियो ।
माओवादी स्थायी कमिटी बैठक भोलि शनिवार दिउँसो १ः०० बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्