तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा रवि लामिछाने(फोटो भिडियो)

काठमाडौँ । नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुग्नुभएको छ ।

शुक्रबार सर्वोच्च अदालतको आदेशले नागरिकताका पुनः प्राप्तीको लागि निवेदन दिनु पर्ने ठहर गरेपछि  लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुग्नुभएको हो । 

स्थानीय प्रशासनसँग समन्वय गरेर लामिछानेले आजै नागरिकता लिने प्रक्रिया अघि बढाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उहाँको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button