तपाईँ सुन्दै हुनुहुन्छः

विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि सहयोग गर्ने आईएमएफ प्रमुखको प्रतिबद्धता

किगाली। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि आफ्नो सङ्गठनले सहयोग गर्ने बताउनुभएको छ ।

रूवान्डाको राजधानी किगालीमा पूर्वी अफ्रिकी क्षेत्रका केन्द्रीय बैंकका गभर्नर र अर्थमन्त्रीहरूसँगको गोलमेच छलफलमा जर्जिएभाले भन्नुभयो, “विकासशील देशहरूले आफ्नो संरचनात्मक रूपान्तरण, जलवायु लचिलोपनमा लगानी र कार्बन उत्सर्जन नियन्त्रणलाई समर्थन गर्न दीर्घकालीन वित्तपोषणको पहुँच को हकदार रहेका छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।

विकासशील देशहरूका लागि जलवायु वित्तपोषण योजनाहरू र आईएमएफको लचिलोपन र स्थिरता सुविधाको परिचालनबारे भएको छलफलमा उहाँको यो धारणा आएको हो ।

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनलाई कम गर्न नवीन घरेलु समाधानहरू र अन्तर्राष्ट्रिय समुदायले सार्वजनिक र निजी वित्तपोषण परिचालन गर्न उत्प्रेरकको रूपमा कसरी सहयोग वा काम गर्न सक्छन् भन्ने बारेमा छलफल गर्नुभएको थियो ।

उहाँले समष्टिगत आर्थिक स्थायित्व को संरक्षण र वृद्धि र रोजगारीलाई बढावा दिने सन्दर्भमा आईएमएफले जलवायु नियन्त्रणलाई विशेषे महत्व दिएको उल्लेख गर्नुभयो ।

अफ्रिकालाई जलवायु वित्त वार्ताको केन्द्रमा राख्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अफ्रिकाले यस समस्यामा निकै कम योगदान गरेको छ, तर यसले पहिले नै धेरै नाटकीय तरिकाले जलवायु परिवर्तनको परिणामहरू भोगिरहेको छ ।”

अफ्रिकामा खडेरी र बाढीका कारण उत्पादकत्व, कृषि उत्पादनमा ह्रास आइरहेको र मानिस र समुदायलाई पनि क्षति पु¥याइरहेको उहाँले बताउनुभयो ।

विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील देशहरूमा जलवायु नियन्त्रणका लागि प्रतिवर्ष करिब १०० अर्ब अमेरिकी डलर को प्रतिबद्धता व्यक्त गरेका थिए, जुन अझै पूरा हुन सकेको छैन ।

गत डिसेम्बरमा आईएमएफले रूवान्डाका लागि लचिलोपन र दिगोपना सुविधा अन्तर्गत ३१ करोड ९० लाख अमेरिकी डलर ऋण को घोषणा गरेको थियो, जसले जलवायु परिवर्तनका कारण प्रभावित बनेका महत्वाकांक्षी एजेन्डालाई मद्दत गरेको छ ।

यस पहलको उद्देश्य कम आय भएका र कमजोर मध्यम आय भएका सदस्य राष्ट्रहरूलाई जलवायु परिवर्तन जस्ता दीर्घकालीन संरचनात्मक चुनौतीहरूको सामना गर्न र दीर्घकालीन कम लागत वित्तपोषण गर्न मद्दत गर्नु हो ।

मङ्गलबार रुवान्डा आइपुगेकी जर्जिएभाले बुधबार रुवान्डाका राष्ट्रपति पल कागामेसँग भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button