तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनकाे कार्यक्रम स्वीकृत

File Photo

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको रिक्त एक पदका लागि आउँदो माघ २५ गते हुने उपनिर्वाचनकाे कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रम अनुसार माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोध लगायतका प्रक्रिया पूरा गरी १० गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

त्यस्तै माघ ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरी दाबी विरोध, छानविन र उम्मेदवारले नाम फिर्ता लिने लगायतका प्रक्रिया पूरा गरी १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी १६ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

माघ २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रिय सभा सदस्यको लागि मतदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button