तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवारलाई सोलार सेट वितरण

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाई सहयोगी हातहरूको समूह (सहास) नेपालले सोलार सेटहरू वितरण गरेको छ । 

शिवालय गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा शिवालय गाउँपालिका वडा न ३ ऐरेनीस्थित सहासकै कार्यालयमा औपचारिक कार्यक्रम गरी सोलारहरु वितरण गरिएको हो ।

सहास नेपालले गाउँपालिकाको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरिकलाई सोलार सेट हस्तान्तरण गरेको छ । सोलार हस्तान्तरण गर्दै सहास नेपालका संस्थाका कार्यालय प्रमुख हरिप्रसाद अधिकारीले अध्यारोपमा बसेका गाउँलेहरूलाई उज्यालोको अनुभूति गराउन पाउँदा खुसि लागेको बताउनु भयो । गाउँलेहरूलाई सोलार लिएर राम्रोसँग प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बत्ती नहुँदा सल्लाको द्यालो बालेर बालबालिका पठनपाठन गर्न बाध्य छन् सोलार बत्तिले उनीहरूको पठनपाठनमा सहजीकरण गर्छ र तपाईँहरूलाई पनि उज्यालो दिन्छ ।”

शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले सहास नेपालले गाउँपालिकामा निकै राम्रो काम गरेको बताउनुभयो । उहाँले सहास नेपालको जति प्रशंसा गरेपनि अपुरो हुने भन्दै स्थानीयवासीको भावनालाई कदर गर्ने र समस्यालाई समाधान गर्ने संस्था गाउँपालिकामा भित्र्याएको समेत दाबी गर्नुभयो । 

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष शाहीले एक वर्ष भित्रमा शिवालय गाउँपालिकालाई विद्युतिकरण गरी सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिजुली बत्ती पुगेपनि विभिन्न समस्या हुने भएकोले आफ्नो घरमा लिएको सोलारको सदुपयोग गर्न स्थानीयवासीलाई सुझाव दिनुभयो । सोलार जडान गरेर बालबालिकालाई पठनपाठन सहज बनाउन पनि शाहीले आग्रह गर्नुभयो ।

गाउँपालिकाका अध्यक्षको आतिथ्यमा भएको कार्यक्रममा पालिकाका सबै वडा अध्यक्षहरू, कृषि शाखा प्रमुख विश्वमित्र शर्मा, गाउँपालिका निमित्त कार्यालय प्रमुख दल बहादुर बाठा लगायतको उपस्थिति थियो ।

सहास नेपाल संस्थाले यस अघि पनि विभिन्न खालका कार्यक्रमहरू गरेर सकारात्मक कामहरू गरेको छ । भने बाख्रा, व्याड बोका, फिल्टर लगायतका सामाग्रीहरू पनि वितरण गरेको छ ।

सहास नेपाल संस्थाले आफूहरूको लागि राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि सहयोगको गर्ने अपेक्षा राखेको स्थानीयवासीको भनाई छ । सोलार पाएपछि स्थानीयवासी निकै खुसि देखिएका छन् ।

९ वटै वडाका विपन्न घरधुरीको छनोट गरी सोलार सेट वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button