तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाका सडकका खाल्डा १५ दिनभित्र पुरिसक्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाको सडकको खाल्डा १५ दिनभित्र पुरिसक्न निर्देशन दिनुभएको छ । साथै देशभरिका सडकका खाल्डा पनि एक महिनाभित्र पुरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो ।

आज सितापाइला-छाउनीस्थित सडकको अनुगमन तथा निरीक्षण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सडक विभाग र सम्बन्धित निकायलाई त्यस्तो निर्देशन दिनुभएको हो । साथै उहाँले त्यसका लागि चाहिने कानूनी जटिलतालगायत अन्य समस्या भए मन्त्रालयले तत्कालै समाधान गर्ने समेत बताउनुभयो । कुनै पनि बहानामा काम नभए त्यो सह्य नहुने समेत उहाँले बताउनुभयो ।

आज उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, विभागीय महानिर्देशक लगायतको टिमले सडक अनुगमन तथा निरीक्षण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button