तपाईँ सुन्दै हुनुहुन्छः

नौ प्राध्यापक र २० कर्मचारी दीर्घ सेवा पदकबाट विभूषित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको स्थापना दिवसका अवसरमा आज विश्वविद्यालयले नौ प्राध्यापक र २० कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको छ ।

दीर्घ सेवा पदकबाट विभूषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सह प्राध्यापकहरू बोधहरि आचार्य, डा. रमेशबाबु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्द्र हमाल ठकुरी हुनुहुन्छ । उप प्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलीपकुमार भगत, डा. नीरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घ सेवा पदकबाट विभूषित हुनुभएको छ ।

कर्मचारीतर्फ सुकेश कर्ण, धिरेन्द्र कुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दीपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा, लक्ष्मी पोखरेल, होमनाथ निरौला, सुजित प्रधान, हरिप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभूषित भएका छन् । विश्वविद्यालयले २० वर्ष सेवा अवधि पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गर्दै आएको छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनुपर्ने बताउनुभयो ।

विश्वविद्यालयको २९ औँ स्थापना दिवसका अवसरमा उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबै पक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभूषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशील हुन शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button