तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री हस्तान्तरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले ३४ जना अपाङ्गता भएका नगरवासीलाई सहायक सामाग्री हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम मार्फत् नगर प्रमुख वेद नारायण गच्छदारले दुहबी वडा नम्बर १ देखि १२ सम्मका अति विपन्न तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

अपाङ्गता भएकाहरूप्रति समाजमा विद्यमान नकारात्मक धारणामा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन गराउन सकारात्मक भूमिका खेल्नुपर्ने गच्छदारको भनाइ थियो ।

गच्छदारले हिँडडुल गर्न नसक्ने अपाङ्गता भएका १० जनालाई १ थानका दरले १० थान ह्विल चियर, ३ जनालाई सिपि चियर ३ थान, चर्पी चियर १ थान, डिजिटल हेयरिङ्ग एड ५ थान, स्टान्डिङ्ग फ्रेम ३ थान, वाल्कर ३ थान, बैसाखी ३ थान यल येस्टिक ६ थान गरि जम्मा ३४ जनालाई ६ लाख मूल्य बराबरको ३४ थान सहायक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

करुणा फाउन्डेसन, प्रदेश १ सामाजिक विकास मन्त्रालय तथा दुहबी नगरपालिकाको त्रिपक्षीय सम्झौता बमोजिम सामाग्री वितरण गरिएको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button