तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको दक्षिणी भेगमा पहिलो पटक २४ घण्टे इमर्जेन्सी सेवा सञ्चालन

सुनसरी । सुनसरीको दक्षिणी भेग हरिनगर गाउँपालिकामा पहिलो पटक आज सोमबारबाट ५ सैय्याको २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।

हरिनगर प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो ।

सुनसरीको दक्षिणी भेगमा पहिलो पटक २४ घण्टे इमर्जेन्सी सेवा सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् ।

सुनसरी क्षेत्र नं.४ ख प्रदेश सभा सदस्य हाजी इसराइल मन्सुरीले सेवाको उद्घाटन गर्नुभएको थियो । सेवाबाट छिमेकी पालिका भोक्राहा नरसिंह, देवानगंज, इनरुवा नगरपालिकाका दक्षिणी भेग जल्पापुर लगायत हुलाकी राजमार्गमा आउने जाने यात्रीहरू, सडक दुर्घटनामा परेकाहरूलाई सहयोग पुग्ने हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button