तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलमा विद्यमान असमानता र अमेजन जङ्गलको दोहन कम गर्ने नवनियुक्त राष्ट्रपति लुलाको  प्रतिबद्धता

काठमाडौं । ब्राजिलका नवनियुक्त राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तेस्रो कार्यकालकाे पदभार ग्रहण गर्नुभएको छ । 

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहनु भएको वामपन्थी नेता लुलाले गत अक्टोबर महिनामा भएको निर्वाचनमा जइर बोल्सोनारूलाई पराजित गर्नुभएको थियो ।

तेस्रो पटक राष्ट्रपतिपदको पदभार ग्रहण गरेपछि आफ्नो पहिलो सम्बोधनमा राष्ट्रपति लुलाले ब्राजिलमा रहेकाेअसमानता र अमेजोन जङ्गलको अत्यधिक दोहन कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राष्ट्रपति लुलाले विश्वव्यापी जलवायु  परिवर्तन रोक्ने आफु कटिबद्ध रहेको बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button