तपाईँ सुन्दै हुनुहुन्छः

सरकार सहज ढंगले चाडै निर्माण हुन्छ : अध्यक्ष प्रचण्ड 

File Photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सहज ढंगले चाडै नै निर्माण हुने बताउनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज नव निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निर्वाचनदेखि शपथ ग्रहणसम्म कार्यक्रम सहज ढंगले अघि बढेको र अबको सरकार पनि सहज रुपमा नै बन्ने बताउनुभयो । 

उहाँले गठबन्धनबाटै सरकार बन्ने भन्नुहुँदै प्रधानमन्त्रीबारे छलफल गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button