तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा हाडजोर्नी अप्रेसन शिविरबाट १ सय ८ जनाले लिए सेवा 

पाँचथर । पाँचथरको फिदिममा आयोजित हाडजोर्नी अप्रेसन शिविरबाट  १ सय ८ जनाले अप्रेसन सेवा लिएका  छन् ।

फिदिम नगरपालिकाको आयोजनामा  नेपाल माउण्टेन मोबाइल हस्पिटल बेल्जियम र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको  प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पताल फिदिममा दुई चरण गरि शिविर सम्पन्न भएको छ । 

शिविर पहिलो चरण मङ्सिर १३ देखि १७ र दोस्रो चरणमा  मङ्सिर २५ देखि २९ गते सम्म गरी जम्मा १० दिन सञ्चालन भएको थियो । 

शिविरमा बेल्जियमका एकसहित आठ जना चिकित्सकले हाडजोर्नीको अप्रेसन गर्नुभएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । 

शिविरमा चेकजाँच २ सय २६ जना र हाडजोर्नी अप्रेसन १ सय ८ जनाले सेवा लिएका छन् । 

शिविरमा पाँचथरसहित तेह्रथुम र ताप्लेजुङका नागरिकले समेत सेवा लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button