तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा धान कुट्ने मिलको फित्ताले बेरिएर महिलाको मृत्यु 

जनकपुरधाम । धनुषा जिल्लामा धान कुट्ने मिलको फित्तामा बेरिएर आज बिहान एक महिलाको मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं ५ ललिया घर भएका महेन्द्र साहकी श्रीमती वर्ष ४५ की कालो देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान स्थानीय रामअशिष मण्डलको मिलमा कालोदेवी धान कुटाउन गएकी वेलामा भित्तामा बेरिएर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानका दिनु भएको छ । मिलको फित्तामा बेरिएर कालो देवीको टाउको र शरीर अलग भएर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलको मुचुल्का गरी मृतकको शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button