तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसामा परेका ३ सय ९५ जनाको निःशुल्क उपचार

वीरगञ्ज । लैङ्गिक हिंसामा परेका पीडित सहित अन्य हिंसामा परेकाहरूलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा हालसम्म ३ सय ९५ जनालाई सेवा प्रदान गरिएको छ ।

२०७८ साल पुसमा नारायणी अस्पतालमा स्थापना भएको केन्द्रले विभिन्न लैङ्गिक हिंसामा परेका ३ सय ९५ जनालाई सेवा प्रदान गरेको हो । जर्बजस्ती करणीमा परेका ९७ जना, शारीरिक हिंसामा परेका २७९ जना, मानसिक दुर्व्यवहारमा परेका ११ जना, अधिकार स्रोतबाट वञ्चित ४ जना, बहुविवाह र रुढीवादी परम्पराका कारण पीडित भएका ४ जनालाई सेवा दिइएको केन्द्रकी इन्चार्ज हेमा थापाले जानकारी दिनुभयो ।

सेवा लिनेमध्ये ३५ जना पुरुष छन् भने बाँकी सबै ३ सय ६० जना महिला रहेका छन् । त्यस्तै केन्द्रले १९६ जनालाई मनोसामाजिक परामर्श समेत दिएको समेत थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button