तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाही १ मा गठबन्धनका उमेद्वार राम प्रकाश चौधरी बिजयी

सर्लाही। सर्लाही क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा सता गठबन्धनका उम्मेदवार रामप्रकाश चौधरी  विजयी हुनुभएको छ।  

चौधरीले २४ हजार ८ सय ३८ मत ल्याई स्वतन्त्र उम्मेदवार  मानबहादुर खड्कालाई पराजित गर्नु भएको हो । 

चौधरीका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार खडकाले १८ हजार ४सय ४ मत प्राप्त गर्नुभयो । 

स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का भन्दा लोसपाका रामप्रकाश चौधरी ६ हजार ४ सय ३४ बढि मतान्तरले  विजयी हुनुभएको हाे । 

यसैगरी जसपाका उम्मेदवार प्रमोद साहले १४ हजार २ सय ५५ मत मात्र प्राप्तगर्नुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button