तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ६२ प्रतिशत मतदाताले गरे मतदान

राजबिराज । सप्तरीको ४ वटै क्षेत्रमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सप्तरीमा ६२ प्रतिशत मतदान भएको  छ ।

साँझ ५ बजे सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको र पूर्ण तथ्याङ्क आउन केही समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कुमार मास्केले जानकारी दिनुभयो  ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतपेटिका शील गर्ने र निर्वाचन अधिकृतको कार्यालय ल्याउने तयारी भइरहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button