तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा मतदान सुरु

राजविराज । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीको सबै मतदान स्थल तथा मतदान केन्द्रहरूमा आज बिहान ७ बजे देखी मतदान सुरु भएको छ ।

१८ स्थानीय तह रहेको सप्तरीमा दुई सय ९५ मतदानस्थल, पाँच सय ३६ मतदान केन्द्र तोकिएका छन् । सबै मतदान केन्द्रहरूमा मतदान सुरु भई सकेको सहायक मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।सप्तरीमा ४ लाख १८ हजार ३ सय ३६ जना मतदाता रहेको छ ।

जसमा महिला २ लाख १ हजार ७१ , पुरुष २ लाख १७ हजार २ सय ८२ र अन्य २१ जना मतदाता हरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button