तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

बर्दिया । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागी मङ्सिर २ गतेदेखि बर्दिया जिल्लामा मदिरा लगायत कुनै पनि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।

निर्वाचनका बेला कुनै पनि गलत गतिविधि हुन नदिन तथा स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मदिरा लगायत कुनै पनि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

मङ्सिर २ गते शुक्रवार बिहान ५ बजेदेखि मङ्सिर ४ गते आइतबार राती १२ बजे सम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button