तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रसारण पहुँच विस्तार गर्न पाँचथरमा रेडियो नेपालको एफ एम रिले स्टेशन थप गरिने’

धनकुटा । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के सीले रेडियो नेपालको प्रसारण पहुँचलाई अझ विस्तार गर्न पाँचथरको सिलौटीमा एफ एम रिले स्टेशन थप गरिने बताउनुभएको छ । 

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाको आज अनुगमन तथा निरीक्षणपछि कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै उहाँले विराटनगर महानगरपालिकामा रहेको तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामबाट एफ एम १०३ मेगाहर्जमा महानगरपालिकाको कार्यक्रम ६ घण्टा प्रसारण गर्न र अन्य समय रेडियो नेपालको कार्यक्रमहरू प्रसारण गर्न तयारी भइरहेको समेत बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीले रेडियो नेपालको भौतिक तथा मानवीय सम्पत्तिलाई उच्चतम रुपमा प्रयोग गर्दै  रेडियो नेपालको प्रसारणलाई अझ गुणस्तरीय बनाउन कर्मचारीहरू उच्च मनोबलका साथ लागि पर्नुपर्ने बताउनुभयो । 

उहाँले रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालयहरूले प्रदेश सरकार र स्थानीय सरकारका गतिविधिहरू बढीभन्दा बढी प्रसारण गरी व्यापार विस्तार गर्न समेत निर्देशन दिनुभयो ।  

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण भइरहेका कार्यक्रम र आम्दानीका लागि गरिएका प्रयासहरूका बारेमा अवगत गराउनुहुँदै कार्यालय प्रमुख उद्धव सिंह ढाँट क्षेत्रीले कार्यालयका समस्याहरू उहाँहरू समक्ष राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button