तपाईँ सुन्दै हुनुहुन्छः

सेती भिरमा खसेकी एक युवतीको उद्धार 

कास्की  । पोखरा महानगरपालिका १ जौवारी नजिकको भीरमा खसेकी एक युवतीलाई प्रहरीले उद्धार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दसैँको टिकाको दिन राति ९ बजे भीरमा खसेर सेती किनारभन्दा माथि अड्केकी पोखरा महानगरपालिका १६ बस्ने २४ वर्षकी दुर्गा श्रेष्ठलाई उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर कुमार तिवारीले राति ९ बजे भीरबाट लड्न गई सेती नदीको तिरमा अड्केको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर उद्धार गरेको बताउनुभयो । 

वडा प्रहरी कार्यालय बगरका इनिस्पेक्टर महेश कुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायव निरीक्षक मणिप्रताप थारुको कमाण्डमा खुट्टिएको प्रहरी टोलीले डेढ घण्टा लगाएर श्रेष्ठको उद्धार गरेको थियो ।

उद्धार लगत्तै उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचारका लागि लगिएको प्रहरी नायव उपरीक्षक तिवारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले उद्धार गरिएकी श्रेष्ठको अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button