तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

file photo

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने प्रयास भइरहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले यही असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयनमा मिति तोकेको हुँदा त्यस अगाडि नै दलहरुबीचको सिट बाँडफाँड टुङ्गो लगाई उम्मेदवारलाई टिकट वितरण गरिसक्नुपर्ने भएको हुनाले आजको बैठक निर्णायक हुने अपेक्षा रहेको सचिव जोशीले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button