तपाईँ सुन्दै हुनुहुन्छः

बलिवुड चलचित्र ‘इश्क पस्मिना’ आगामी  सेप्टेम्बर २३ मा रिलिज हुँदै 

काठमाडौँ । बलिवुड चलचित्र  ‘इश्क पस्मिना’ आगामी सेप्टेम्बर २३ मा रिलिज हुने भएको छ  । 

बलिवुड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र  ‘इश्क पस्मिना”को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ । 

बलिवुड चलचित्र निर्माता सुरज सुर्या मिश्राले आफ्नो चलचित्रमार्फत अधिकांश नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिनुभएको छ। टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित क्रिकेटर दिपक चाहरकी बहिनी मालती चाहर चलचित्रमा मुख्य भूमिकामा देखिँदै हुनुहन्छ । 

साथै दिग्गज अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला,कायनात अरोडा र बाल कलाकार गौरीका मिश्रा पनि चलचित्रमा देखिनुहुने निर्माण पक्षले जानकारी दिएको छ  । 

अरविन्द पाण्डेले निर्देशन गर्नुभएको फिल्मको गीत र स्क्रिप्ट समेत पाण्डेले नै लेख्नु भएको हो ।  उहाँले यस चलचित्रले अहिलेसम्म नदिएको अनौठो र नौलो अनुभव दिने बताउनुभयो । 

भारतका प्रसिद्ध सङ्गीतकार शाम बलकर र शाश्वत प्रखरले इश्क पस्मिना चलचित्रको गीतमा सङ्गीत भर्नुभएको छ भने भारतका चर्चित चलचित्र सम्पादक राजेश पाण्डेले फिल्म सम्पादन गर्नुभएको छ । 

गत जनवरीमा सिम्लामा भारी हिमपात र अत्यधिक चिसो बढेको बेला माइनस डिग्रीमा गएर सुटिङ गरिएको यो चलचित्रको चर्चा त्यस बेलादेखि नै भएको र कलाकारले आफ्नो ज्यान जोखिममा राखेर सुटिङमा सहभागी भएको निर्माण पक्षको दाबी छ  । 

चलचित्र इश्क पस्मिनाको ट्रेलर भने सेप्टेम्बर १ मा सार्वजनिक हुने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button