तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने बागमती प्रदेश सरकारको निर्णय

काठमाडौँ । बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो ।

प्रदेश खेलकुद विकास परिषद्को पछिल्लो बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सम्पुर्ण तयारीलाई अघि बढाउने र सम्पुर्ण ३६ खेलमा खेलाडीलाई सहभागी गराउने निर्णय पनि गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा सरकारले ३६ खेलमा प्रतिस्पर्धा गराउने भएको छ । सोही अनुसार बागमती प्रदेशले सबै खेलमा खेलाडीलाई उतार्ने औपचारिक निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button