तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको कालाकुण्डा घाटबाट चिनी र मल बरामद

टीकापुर कैलाली । कैलालीको कालाकुण्डा घाटबाट प्रहरीले १५ बोरा चिनी बरामद गरेको छ । 

टीकापुर नगरपालिका वडा नम्बर ७ स्थित कालाकुण्टा घाटबाट युरिया मलको बोराभित्र राखेर नेपाल ल्याउन लागिएको चिनी सशस्त्र प्रहरी र खक्रौला भन्सार कार्यालयको राजश्व टोलीले बरामद गरेको हो ।

गए राति साढे १२ बजे तिर तस्करहरूको एक समूहले युरिया ल्याउने बहानामा चिनी भित्र्याइरहेको भन्ने सूचना पाएपछि गएको प्रहरी र भन्सारको संयुक्त टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डिएपी मल, एक हल राँगा, दुईवटा डन्लप, गोरु गाडा बरामद गरेको बिओपी खक्रौलाका इन्चार्ज धनबहादुर सिंहले जानकारी दिनुभयो । 

बरामद गरिएको सामान खक्रौला भन्सार कार्यालयलाई बुझाइएको इन्चार्ज सिंहले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button