तपाईँ सुन्दै हुनुहुन्छः

अनधिकृत रुपमा लेखिएका ‘प्रेस’ नियन्त्रण गर्न पत्रकार महासङ्घ सप्तरीको आग्रह

सप्तरी । अनधिकृत रुपमा सवारी साधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि नेपाल पत्रकार महासङ्घ, सप्तरीले यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ ।

पत्रकार नभए पनि मोटरसाइकलमा ‘प्रेस’ लेखेर कुदाउने क्रम बढेपछि महासङ्घ, सप्तरीले नियन्त्रणका निम्ति सहयोग गरिदिन प्रशासनसँग आग्रह गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक पत्र बुझाउँदै महासङ्घका पदाधिकारीहरूले ‘प्रेस’ लेखिएको सवारी साधन जुनसुकै व्यक्तिले प्रयोग गरिरहेको भए पनि नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । अनुगमनको क्रममा आवश्यक परेको अवस्थामा महासङ्घका अध्यक्ष र सचिवसँग सम्पर्क र समन्वय गर्न भनिएको छ ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले उक्त कार्यका लागि सहयोग रहने र अब प्रहरीले ‘प्रेस’ लेखिएको सवारी साधनप्रति ध्यान दिने बताउनुभयो ।

महासङ्घ, सप्तरीले मोटरसाइकल या अन्य सवारी साधनमा प्रेस लेखेर नचलाउन पनि पत्रकार बाहेक अन्य व्यक्तिसँग आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button