तपाईँ सुन्दै हुनुहुन्छः

कागेश्वरी–मनोहरास्थित सहिद पार्कमा वृक्षारोपण

काठमाडौँ । काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकास्थित सहिद पार्कमा वृक्षारोपण गरिएको छ ।

वी लभ यू फाउण्डेशनले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका एक हजारभन्दा बोटबिरुवा रोपिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राईले वृक्षारोपणले मानिसलाई प्रकृतिमैत्री भएकाले यस खाले गतिविधिको उपादेयता अन्य कार्यक्रमहरू भन्दा अत्याधिक रहेको बताउनुभयो ।

सांसद राईले वृक्षारोपणलगायत प्रकृति र मानव हितका बहुआयामिक गतिविधिहरूद्वारा प्रदूषण कम गर्न सकिने उल्लेख गर्नुभयो ।

फाउण्डेशनले विद्यालयमा सफा पिउने पानी र पुस्तकालयको व्यवस्था, मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण गरी राष्ट्र व्यापी रूपमा सडक, पार्क तथा नदी सरसफाइ कार्य सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button