तपाईँ सुन्दै हुनुहुन्छः

अमर प्रहरीका छोराछोरीलाई एनप्याव्सनले निःशुल्क पढाउने

काठमाडौँ । अमर प्रहरीका छोराछोरीलाई निःशुल्क पढाउने गरी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) र नेपाल प्रहरी श्रीमती संघबीच सम्झौता भएको छ । 

प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूजा सिंह र एन–प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेबीच अमर प्रहरीका छोराछोरीलाई एन–प्याब्सन आबद्ध विद्यालयहरूले प्रतिविद्यालय एक जनालाई निःशुल्क पढाउने गरी आज सम्झौता भएको हो । 

नेपाल प्रहरी श्रीमती सङ्घको सिफारिसमा अशक्त तथा घाइते प्रहरी परिवारका बालबालिकालाई पनि एन–प्याब्सन आबद्ध विद्यालयहरूमा छात्रवृत्ति प्रदान गरिने संघका अध्यक्ष कुसुमलता सिंहले जानकारी दिनुभयो । 

सम्झौताअनुसार  देशभर रहेका करिब ३५ सय निजी विद्यालयमा ३५ सय विद्यार्थीले निःशुल्क पढ्न पाउनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button