तपाईँ सुन्दै हुनुहुन्छः

दोहोरो नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी

जनकपुरधाम । नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा धनुषा जिल्ला अदालतले जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष एवं वडा सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर र वडा सचिव माधव रायले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि हाल दुवै जना फरार भएको र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम–८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीहरूका विरुद्ध विभिन्न निकायमा मुद्दा परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button