तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०७९ बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले  आर्थिक विधेयक, २०७९ बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गर्न प्रस्ताव गर्नुभएको थियो ।

प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसदहरुले अनधिकृत व्यक्ति राखेर करको दायरा हेरफेर गरेको भन्दै  अर्थमन्त्री शर्माले पेश गर्नुभएको आर्थिक विधेयकमाथिको दफावार छलफल बहिष्कार गर्नुभएको थियो ।

बैठकले  औषधि तेस्रो संशोधन विधेयक, २०७९ पनि पारित गरेको छ । 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद  खापुङले पेस गर्नुभएको औषधि तेस्रो संशोधन विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक,  २०७९ सर्वसम्मतिले पारित भएको हो । 

राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणुकुमारी यादवले पेश गर्नु भएको रेल्वे विधेयक, २०७९ पनि सर्वसम्मतिले  पारित भएको छ । 

राष्ट्रियसभाको अर्को बैठक असार २०  गते  दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button