तपाईँ सुन्दै हुनुहुन्छः

आइसीसीद्वारा सन् २००८ मा रूस–जर्जिया युद्धमा दोषी तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी गर्न अनुमति

हेग। रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी०ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिइएको बिहीबार जानकारी गराइएको छ ।

मिखाइल मायामोभिच मिन्दजेभ, ग्यामलेट गुचमाजोभ र डेभिड जर्जिएविच सानाकोभ जर्जियाका मस्को निकट पृथकतावादी अभियानका प्रमुख व्यक्तिमध्ये रहेका र उनीहरूले नागरिकहरूलाई वार्तामा ‘बार्गेनिङ चिप्स’ को रूपमा प्रयोग गर्न नियन्त्रणमा राखेका आईसीसीले बताएको छ ।

हेगस्थित आईसीसीका न्यायाधीशहरूले ‘यी तीनै जना शङ्कास्पद व्यक्ति युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने पुष्टि हुने आधारहरू थिए’ भन्ने निश्कर्ष अदालतको रहेको जनाएका छन् ।

आईसीसी अभियोजनकर्ता करीम खानले रूसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि गत मार्चमा पक्राउ गर्नका लागि दिएको निवेदनलाई न्यायाधीशहरूले जून २४ मा सदर गरेका बिहीबार सार्वजनिक गरिएको छ ।

पक्राउका लागि अदालतद्वारा आदेश दिइएका मिन्दजेभ दक्षिण ओसेनियाका आन्तरिक मामिला मन्त्री थिए । त्यसैगरी गुचमाजोभ मन्त्रालयको प्रारम्भिक हिरासत केन्द्रका प्रमुख थिए र सानाकोभ त्यतिबेला यस क्षेत्रको ‘आन्तरिक द्वन्द्व समाधानका लागि प्रमुख’ रहेको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतले दक्षिण ओसेसियामाथि सन् २००८ मा रुस र जर्जियाबीच भएको छोटो युद्धका क्रममा कथित युद्ध अपराधको अनुसन्धान सन् २०१६ मा सुरु गरेको थियो । अफ्रिका बाहिर घटेका घटनाको पहिलो त्यस्तो जाँच र रूससँग सम्बन्धित युद्धमा पहिलो पटक यस्तो जाँच भएको हो ।

अगस्त २००८ मा भएको युद्धले ७०० भन्दा बढी मानिसको ज्यान लिएको थियो र हजारौं जातीय जर्जियालीहरूलाई विस्थापित गरेको थियो ।

आईसीसीका अनुसार दक्षिण ओसेसियामा जातीय अधिकारका लागि भएका आन्दोलनमा कैयौँ मानिस गिरफ्तार गरिएको प्रमाणित आधारहरू छन् । उनीहरूलाई पछि टिस्कनवभलीको बन्दीगृहमा हिरासतमा राखियो, दुब्र्यबहार गरियो र उनीहरूलाई कठोर एकान्त काराबासमा राखिएको थियो ।

ती कैदीहरूलाई रूस र दक्षिण ओसेसियाली अधिकारीहरूले सम्झौताको लागि मानव ढालका रूपमा प्रयोग गरेका थिए । पछि उनीहरूलाई कैदीहरूको आदान प्रदानका लागि प्रयोग गरीएको थियो । उनीहरूको रिहाइपछि अधिकांशले सुरक्षाका लागि जर्जिया छोडनु परेको थियो ।

रूसी नागरिकहरू ६६–बर्षीय माइन्दजेभ, ४५–बर्षीय गुचमाजोभ दुवैलाई गैरकानुनी कैद, यातना र अमानवीय व्यवहार गरेको व्यक्तिगत मर्यादामाथि आक्रमण र बन्दी बनाएको र नागरिकहरूलाई गैरकानुनी रूपमा हस्तान्तरण गरेको भन्दै युद्ध अपराध कानुन अन्तर्गत दोषी ठहर गरिएको अदालतले उल्लेख गरेको छ ।

त्यस्तै ४५–बर्षीय सानाकोएभले नागरिकहरूलाई बन्दी बनाएर गैरकानुनी रूपमा हस्तान्तरण गरेको अभियोग लगाइएको छ ।

रूस आईसीसीको सदस्य होइन तर जर्जिया हो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button