तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ मा बस्ने

File photo

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बस्ने भएको छ । 

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षालगायत अन्य विविध विषयमा छलफल हुने केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button